सर्लाही। सर्लाहिको हरिवन नगरपालिकाले सडकका पेटिमा थुप्रिएको फोहोर उठाउने अभियानलाई सक्रिय बनाएको छ ।
नगर प्रमुख रमेश बुढाथोकीले आफैले सडक छेउमा फलिएको फोहोरले सडक दुुर्गन्धित बनाउनुको साथै बिभिन्न किसिमका रोगको सिकार बन्नसक्ने भन्दै र हरीवन नगरपालिकालाई स्वच्छ सफा र सुन्दर बनाउनका लागि सडकमा थुप्रिएको फोहोर उठाउने अभियानको नेतृत्व गरेको बताएका छन् ।
हरेक साताको शनिबार जनश्रमदानमार्फत सार्वजनिक काम गर्ने अभियानअन्तर्गत आज सडकको फोहोर सफा गरिएको मेयर बुढाथोकीले बताएका छन् ।
मेयर बुढाथोकीको नेतृत्वमा आज बिहान नयाँरोड–बरहथवा सडकखण्डको झण्डै तीन सय मिटर सडक क्षेत्र सफा गरिएको छ । सफाइ अभियानमा माओवादी केन्द्रका नेता÷कार्यकर्तासँगै सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।
अभियानमा सहभागीहरूले फुटपाथमा फालिएका प्लास्टिक, बोतल, चाउचाउ र बिस्कुटका खोल लगायतका फोहोर संकलन गर्ने, सडक किनारमा उम्रिएका झारपात उखेल्ने, सडकमा थुपारिएको निर्माण सामग्री हटाउने, सडकको नाली सफा गर्नेलगायतका काम गरेका थिए।
गत शनिबार मेयर बुढाथोकी स्थानीयसँगै हरिवन–क्यानेश्वर सडक निर्माणका लागि ढुंगा बोक्ने अभियानमा सहभागी भएका थिए ।