भक्तपुर।चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका प्रदेश क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं २ (ख) का प्रदेश सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो । भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्का गोठाटारबाट पक्राउ परेका हुन् । सभापति खडकाले पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाकधम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परेपछि बिहीबार साँझ उनलाई पक्राउ गरिएको हो । खड्कामाथि अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
चेक बाउन्स मुद्दामा कांग्रेस प्रदेश क्षेत्रीय सभापति पक्राउ
ताजा समाचार
चार कारोबार दिनपछि शेयर बजार सामान्य बढ्यो
४ घन्टा अघि
जारी शैक्षिक आन्दोलनको सन्दर्भमा
७ घन्टा अघि
आज लोकतन्त्र दिवस
१० घन्टा अघि
एमालेको ‘युथ सेलिब्रेसन’ आज
१० घन्टा अघि
आजदेखि विश्व खोप सप्ताह शुरू
१० घन्टा अघि