नागरिकता विधेयकमाथि निर्णय लिन प्रतिनिधिसभामा मतविभाजन | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

नागरिकता विधेयकमाथि निर्णय लिन प्रतिनिधिसभामा मतविभाजन

pratinidhi sava

काठमाडौं। नागरिकता विधेयकमाथि निर्णय लिन प्रतिनिधिसभामा मतविभाजन गरिने भएको छ । सोही अनुसार सभामुखले प्रक्रिया अगाडि बढाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने प्रास्ताव निर्णयार्थ गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन मागेको छ । एमालेले मत विभाजन माग गरेपछि मत विभाजनबाट निर्णय लिन लागिएको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मत विभाजन मागेपछि नागरिकता विधेयकमाथि मत विभाजनको प्रक्रिया सुरु भएको छ।

भट्टराईले प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २९ बमोजिम मत विभाजन मागेका हुन् ।

Leave a Reply

ताजा समाचार