लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ 

भक्तपुर। लागूऔषध मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक रोशी गाउँपालिका–४ स्थायी ठेगाना भई भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठ रहेकी छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत भक्तपुरले २०७९ बैशाख ४ गते उनलाई सो मुद्दामा एक वर्ष एक महिना कैद र ६ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसपछि फरार रहेकी उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ।

Leave a Reply