राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ 

arrested

ओखलढुंगा। मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुरमा राजस्व छली गरी ल्याउँदै गरेको कपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका–२ बस्ने २७ वर्षीय अनुप दाहाल समेत दुई जना छन् । उनीहरुलाई करिब १५ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका कपडाहरु राजस्व छली गरी ल्याउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ४५९६ नम्बरको टाटा सुमोलाई प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ती कपडा भेटिएका थिए । बिल नभएको अवैध रुपमा राजश्व छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु फेला पारी सुमो चालक दाहाल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।

Leave a Reply