कैलाली, १८ मंसिर । धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल नजिकै प्रेसर कुकर बम फेला परेको छ। फेला परेको उक्त बमलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको छ।
धनगढी उपमहानगरपालिका वडा ५ तारानागरमा पुल नजिकै बम फेला परेको हो। घर बनाउन बोरामा राखिएको बालुवामा प्रेसर कुकर बम फेला परेको थियो । सो बमलाई तेघरीस्थित सेनाको टोलीले निष्कृय पारेको छ। विगत ३ दिनदेखि प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमा बसिरहेको छन्।