देउवा र कोइरालाबी बालुवाटारमा भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०७९, बुधवार

देउवा र कोइरालाबी बालुवाटारमा भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेट भएको छ । देउवाले बोलाएकोमा कोइराला भेट्न बालुवाटार पुगेका हुन् । देउवा र शेखरबीच कुन विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन । शेखर पक्षको बैठक चलिरहेको बेला देउवाले छलफलका लागि बोलाएका हुन् ।

शेखर पक्षका दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीहरूको बैठक आज बोलाइएको थियो ।

Leave a Reply