पछिल्लो २४ घण्टामा थपीए ५५३ जना कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पछिल्लो २४ घण्टामा थपीए ५५३ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि हुदै जान थालेको छ । आईतबार मात्रै देशभर ५५३ जना कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । कुल ३ हजार ७८९ जनाको नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट भएको परीक्षणमा ४५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ४३३ जना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमित ५ हजार ६५९ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);