तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन एमालेको माग  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन एमालेको माग 

petrol dhubani

काठमाडौं । नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाए ।

भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने सरकारले अहिले दुई दुई पटक मूल्य घटेर आउँदा मूल्य नघटाएको भन्दै उनले आपत्ति जनाए । ‘मूल्य बढेर आउँदा जनतालाई मूल्यभार थोपर्ने सरकारले अहिले दुई दुईपटक घटेर आउँदा मूल्य घटाइएको छैन,’ उनले भने, ‘तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाइयोस् ।’

मूल्य बढाउने र भाउ घट्दा मूल्य नघटाएर नेपाल आयल निगमप्रति जनताको विश्वास घटाएर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयातको जिम्मा दिने तयारी सरकारले गरेको सांसद ज्ञवालीले आरोप लगाए । जस कारण भाउ बढाइरहेको सरकारले अहिले मूल्य नघटाएको उनको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);