श्रीलंकाका  सरकारी कार्यालय शुक्रबार पुनः खुला हुने   | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

श्रीलंकाका  सरकारी कार्यालय शुक्रबार पुनः खुला हुने  

कोलम्बो। श्रीलंकाका  सरकारी कार्यालयहरू शुक्रबार पुनः खुला हुने भएका छन् ।  शुक्रबार पनि बिदा दिने यसअघिको निर्णय मन्त्रिपरिषद्ले मंगलबार  रद्द गरेको थियो । श्रीलंकामा इन्धन  अभावका कारण सरकारी कार्यालयको समयावधि छोट्याइएको थियो । सार्वजनिक यातायात सेवा सामान्य अवस्थामा फर्किएकाले शुक्रबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनावार्डेनाले जानकारी दिए ।

श्रीलंकामा आर्थिक संकटपछि इन्धन खरिद हुन नसक्दा देशभर इन्धन अभाव भएको थियो । इन्धन र आर्थिक सङ्कटका कारण राजनीतिक संकट पनि उत्पन्न भएको छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);