तार्केश्वर घटना : फरेन्सिक डा. गोपाल चौधरीसहितको टोली अनुसन्धानमा  | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८१, आइतबार

तार्केश्वर घटना : फरेन्सिक डा. गोपाल चौधरीसहितको टोली अनुसन्धानमा 

काठमाडौं। काठमाडौंको तार्केश्वर नगरपालिका–२ पदमसालमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेको विषयमा फरेन्सिक डा. गोपाल चौधरीसहितको टोली अनुसन्धानमा खटिएको छ।

सोमबार बिहान एकतले घरमा गोरखाको भिमसेनथापा– ६ अश्राङ स्थायी घर भई तार्केश्वर नगरपालिका–२ पदमसालमा बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीया श्रीमती सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिक मृत अवस्थामा फेला परेका थिए।

काठमाडौं प्रहरी परिसरबाट प्रहरी उपरीक्षकसहितको टोली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली, प्रहरी बृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको अनुसन्धानमा खटिएको छ।

साथै अनुसन्धानमा  त्रि.वि. शिक्षण अस्पतालबाट फोरेन्सिक डा. गोपाल चौधरी र डा. आयुष उपाध्यायसहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);