भलिबलः मास्केले भोलि उम्मेदवारी घोषणा गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भलिबलः मास्केले भोलि उम्मेदवारी घोषणा गर्ने

काठमाडौं। नेपाल भलिबल संघ (एनभिए)को आगामी निर्वाचनमा वर्तमान उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छिन् ।

मौखिक रुपमा यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएकी मास्केले आगामी चार वर्षे कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी भोलि (मंगलबार) दिने भएकी हुन् । ‘नेपाली भलिबलको आगामी बाटोसम्बन्धी मेरो अवधारणासहित अध्यक्षमा उम्मेदवारीको घोषणा गर्छु,’ मास्केले सूचना जारी गरेकी छिन् । उनले दिउँसो २ बजे नेपाल हाउस हात्तीसारमा कार्यक्रम राखेकी छिन् । एनभिएको आगामी निर्वाचन २२ भदौमा हुँदैछ । यस्तै, उनको समूहबाट मनवीर छन्त्यालले महासचिवमा उम्मेदवारी दिने बताएका छन् । वर्तमान महासचिव जितेन्द्र चन्द समेत अध्यक्षका प्रत्यासी बन्ने जनाएका छन् । आन्तरिक रुपमा तयारी गरे पनि औपचारिक रुपमा उनले उम्मेदवारी घाेषणा भने गरेका छैनन् ।

वर्तमान कार्यसमितिको पदावधी दुई वर्षअघि नै सकिए पनि कोरोना महामारी र खेलकुद ऐनका कारण निर्वाचन हुन सकेको थिएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);