थरुहट उम्मेदवार दिनेश जयसवालको घरमा बम बिस्फोट | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

कपिलवस्तु, १६ मंसिर। गए राती कपिलवस्तुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) बाट प्रतिनिधिसभा उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।

वाणगंगा नगरपालिका वडा नम्बर १० कोरिया चोकमा अज्ञात समूहले दुई पटकसम्म विष्फोट गराएको प्रहरीले जनाएको हो। बम बिस्फोटका कारण मानविय क्षति नभएको तर जस्तापाता भने सामान्य क्षति पुगेको छ।

३- ४ जनाको अज्ञात समूहमा आएकाहरुले घर तोडफोड गर्न थालेपछि आफुहरुले रोक्न खोज्दा बम प्रहार गरी भागेको जयसवाल परिवार बताए।

Uncategorized‐मा वर्गिकृत