चुनावको मुखैमा १४ लाख रुपैयाँसहित दुईजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, । महानगरीय प्रहरी बिट रानीबारीले १४ लाख अवैध रकम सहित दुई जनालाई पक्राउ गरेको छ। शुक्रबार राति सामाखुसीको रेडन पुलनजिक जाँचका क्रममा बा६४प ५१८९ नंको मोटरसाइकलमा सवार धादिङ घर भएका किरण भट्टराई र सागर लम्साललाई पक्राउ गरेको हो।

अभियुक्त दुवै जनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ। वृत्तका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले स्रोत नखुलेको उक्त रकम हुण्डीको हुन सक्ने बताए। उनका अनुसार के प्रयोजनका लागि रकम ओसारपसार भइरहेको छ भन्नेबारे अनुसन्धान भइरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);