अब ग्रिल ग्राम तोक्नेतिर लागौं : सचिव पोखरेल | ईमाउण्टेन समाचार

Our Network

असार ३१ २०८३, बिहीबार

अब ग्रिल ग्राम तोक्नेतिर लागौं : सचिव पोखरेल

भक्तपुर। उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले ग्रिल ग्राम तोक्नेतिर लाग्न व्यवसायीलाई आह्वान गरेका छन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको २७औं साधारणसभाको शनिबार भक्तपुरमा उद्घाटन गर्दै सचिव पोखरेलले ग्रिलको महत्त्व अत्यधिक रहेकोले ग्राम आवश्यक भएको औँल्याए।

‘अब तपाइहरूले हामी यहाँ बस्न मिल्छ कि मिल्दैन भनेर भन्नेभन्दा पनि यो हाम्रो ठाउँ हो । यहाँ हामी बस्छौँ भनी अधिकार स्थापित गर्नुपर्‍यो’, उनले भने, ‘जुन ठाउँमा एक दुई सय स्टिल उद्योगहरू एक ठाउँमा होस् । कार्यक्रममा उनले उत्कृष्ट ग्रिलका उत्कृष्ट इकाईलाई सम्मान पनि गरेका थिए।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ, महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवाललगायतले ग्रिल व्यवसायीका विभिद् समस्याहरूबारे सरकारको ध्यानाकर्षण गराए । उनीहरूले ग्रिल व्यवसायीको हितलाई सरकारले ध्यान दिन नसकेको आरोप लगाए।

Leave a Reply