नेपोलीको अपराजित यात्रामा पुर्णविराम, रोमाको ३-१को शानदार जित | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

एजेन्सी, १६ मंसिर। इटालिनय सिरी ए मा युभेन्ट्सले लिग लिडर नेपोलीलाई १-० ले पराजित गरेको छ। गोन्जालो हिग्वेनले पूर्व क्लब विरुद्व निर्णायक गोल गरेका थिए।

खेलको पहिलो हाफको १३औँ मिनेटमा नेपोलीको मैदानमा युभेन्ट्सलाई जिताउन हिग्वेनले पाउलो डिबलाको पास सदुपयोग गर्दै गोल गरेका थिए। हारपछि नेपोलीको यस सिजन अपराजित यात्रामा पूर्णविराम समेत लागेको छ।

सिरी ए कै अर्को खेलमा दश खेलाडीको एसपिएएल २०१३ लाई रोमाले ३-१ ले पराजित गरेको छ।

एडेन जेको, केभिन स्ट्रुटमन र लरेन्जो पलेग्रीनीले एक एक गोल गरे। एसपीएएलका लागि फेडेरिको भिभिएनीले एक गोल फर्काए। खेलको नवौँ मिनेटै फिलिपेले रातो कार्ड पाएपछि एसपिएएल दश खेलाडीमा झरेको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);