काठमाडौं । सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गरेको हो । जसमध्ये ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ । साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ ।
सयपत्री हाइड्रोपावरको आईपीओ आजदेखि खुला
ताजा समाचार
बढ्दो महँगी र जनजीवनमा प्रभाव
८ घन्टा अघि
संसदीय समिति सभापतिमा मनोनयन दर्ता
१० घन्टा अघि




