आज ७३औं हलो क्रान्ति दिवस, अभियन्ताहरूलाई सम्झिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज ७३औं हलो क्रान्ति दिवस, अभियन्ताहरूलाई सम्झिँदै

लमजुङ। लमजुङको दुराडाँडामा आज ७३औं हलो क्रान्ति दिवस मनाइँदैछ । हलोक्रान्ति दिवसको अवसरमा दुराडाँडाको अर्चल्यानीको बाटेगरामा हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

प्रत्येक वर्ष लमजुङमा हलोक्रान्ति दिवस मनाइन्छ । ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रूपमा मनाउन थालिएको हो ।११ साउन २००६ मा पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले नेपालमै पहिलोपटक हलो जोतेका थिए । हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेलाई ११ साउन २००७ मा पक्राउ गरी जेल हालेको थियो । उनीहरूलाई हतोत्साहित पार्न त्यतिखेर ‘शेषकान्त लेप्टेन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित, हलो जोती बिग्रे’ भन्ने गीत नै बनाएका थिए । त्यसबेला हलो जोत्नेलाई भात बारिएको थियो । माइत आएका छोरी घर जान पाएनन् भने घर गएका बुहारी माइत आउनसमेत रोक लागेको थियो । उमेर पुगेका युवायुवतीको बिहे नै रोकिएको थियो । तर, तीन वर्षपछि विभेद रोकियो । हलोक्रान्तिको धेरैले प्रशंसा गर्न थाले र दिवसकै रुपमा मनाउन थालिएको प्रतिष्ठानका अध्यक्ष दिपक पौडेल बताउँछन् ।

दुराडाँडामा सुरु भएको हलो क्रान्तिपछि २००६ पुसमा तनहुँ, फागुनमा कास्की र धादिङ, २००७ वैशाखमा अर्घाखाँची र गोरखाका साथै २००८ मा स्याङ्जामा हलो जोत्ने अभियान सुरु भयो । ब्राह्मणले पहिलोपटक हलो जोतेको सम्झनामा हरेक वर्ष ११ साउनमा दुराडाँडाको अर्चल्यानीको बाटेगरामा औपचारिक कार्यक्रम हुँदै आएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);