स्वारेज पूर्वक्लब नासियोनल फर्किने | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

स्वारेज पूर्वक्लब नासियोनल फर्किने

काठमाडौं। युरोपेली महारथि क्लब बार्सिलोना र लिभरपुलका फरवार्ड लुइस स्वारेज पूर्व क्लब नासियोनल फर्किने भएका छन् । ३५ वर्षीय उरुग्वेका स्ट्राइकर लुईस स्वारेज गत सिजन एट्लेटिको मड्रिडसँगको सम्झौता सकिएपछि क्लविहीन छन् । स्वारेजको अनुबन्धमा रिभर प्लेट र बोरुसिया डर्टमन्ड पनि देखिएका थिए । तर, स्वारेजले भने आफ्नो पूर्वक्लब नासियोनलमा फर्किने निर्णय गरेका हुन् ।

उनले सन् २००५ मा नासियोनलबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका थिए । उनले एट्लेटिकोबाट दुई सिजनमा ६७ लिग खेल खेल्दै ३२ गोल गरेका छन् ।

त्यसअघि उनी बार्सिलोना र लिभरपुलमा आवद्ध  थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);