भारतमा शक्तिशाली आँधी, ८ को मृत्यु सयौँ बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

एजेन्सी, १५ मंसिर। भारतको दक्षिणी क्षेत्रको तामिल नाडू र केरला प्रान्तमा आएको आँधी र वर्षाका कारण आठ जनाको ज्यान जानुका साथै सयौँ बेपत्ता भएको द हिन्दुस्तान टाइम्सले जनाएको छ।

बेपत्ता भएका मध्य अधिकांश व्यवसायिक मछुवा रहेका बताइएको छ। बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि वर्षा भएसँगै ठूलो संख्यामा नागरिकहरु हताहत भएका थिए।

आँधी र वर्षाका कारण मानवीय क्षति हुनुका साथै लाखौँको धन जन क्षति भएको बताइएको छ। अहिले पनि ती क्षेत्रमा आँधीको प्रकोप जारी नै छ। घटनामा उद्दार प्रभावकारी गर्न नपाइएको अधिकारीहरुले बताएका छन्।

हराएका नागरिकको खोजी जारी भएपनि उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन। उद्दारकर्मीले आँधीको कम हुनासाथ खोजी अभियान सुरु गर्ने बताएका छन्।