स्थानीय निकायको सम्पूर्ण संरचना तय भएपछि मात्र निर्वाचन प्रक्रिया अघि बढाउन संघीय गठबन्धनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

स्थानीय निकायको सम्पूर्ण संरचना तय भएपछि मात्र निर्वाचन प्रक्रिया अघि बढाउन संघीय गठबन्धनको आग्रह

१४ फाल्गुन, काठमाडौं । संघीय गठबन्धनले गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको संख्या निर्धारण गरेपछि मात्रै चुनावी प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

स्थानीय निर्वाचन पछि मात्र संविधान संशोधन गर्ने प्रधानमन्त्रीको प्रस्ताव मधेसी मोर्चाद्वारा अस्वीकार

१४ फाल्गुन, काठमाडौं । संघीय गठबन्धनले गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको संख्या निर्धारण गरेपछि मात्रै चुनावी प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

गठबन्धनको शुक्रबार बसेको बैठकले सीमा निर्धारण आयोगले अहिलेसम्म पनि विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको सङ्ख्या र सीमा निर्धारण नगरेको अवस्थामा घोषित चुनावको मिति आफैमा जायज नभएको ठहर गरेको छ ।

सरकार आफैले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नगरी चुनाव घोषणा गरिएकाले आफूहरूलाई मान्य नभएको समेत जनाएको छ । बैठकले गठबन्धनको आगामी कार्यक्रम तय गर्नका लागि संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा वृषेशचन्द्र लाल, केशव झा, रामनरेश राय, डाक्टर ओम गुरुङ, डाक्टर विजय सैंजु, दुर्गा राई, दलमर्दन कामी र प्रेमबहादुर खाती सदस्य हुनुहुन्छ । कार्यदलले एक हप्ताभित्रमा कार्यक्रम बनाई संघीय गठबन्धनको बैठकमा प्रस्तुत गर्नेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);