अछाममा पहिरोमा पुरिएर तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

अछाममा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

अछाम। तुर्माखाँद गाउँपालिका–२ भुलु बस्ने अम्मर बिष्टको घर गएराति पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बिष्टको भाइ २६ वर्षीय वीरेन्द्र बिष्टसहित तीन जना रहेका छन् । पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रहफ, प्रहरी चौकी तुर्माखाद र प्रहरी चौकी पाल्तडा दैलेखबाट खटिएको प्रहरीले उनीहरूको शव फेला पारेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply