पूर्वी युक्रेनका पृथकतावादीद्वारा गुगलको पहुँचमा राेक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पूर्वी युक्रेनका पृथकतावादीद्वारा गुगलको पहुँचमा राेक्का

किभ। पूर्वी युक्रेनकाे दोनबासमा क्रेमलिन समर्थक पृथकतावादीले गुगलमा पहुँच रोकेका छन् । टेक्नोलोजी कम्पनीले ‘रुसीविरुद्धको हिंसा’ लाई बढावा दिएकाे उनीहरूले आरोप लगाएका छन् ।

विद्रोही नेता डेनिस पुसिलिनले सर्ज  इन्जिनले पुटिनको सेनाको ज्यान जोखिममा पारेको आरोप लगाए । छिमेकी लुगान्स्क जनवादी गणतन्त्रले अमेरिकी साइट ब्लक गरेको एक दिन पछि दोनेत्स्क जनवादी गणतन्त्रका प्रमुखले गुगलको पहँुचमा रोक लगाइएको घोषणा गरेका हुन् । ‘आज पश्चिम र युक्रेनले गणतन्त्रमाथि अभूतपूर्व दबाब दिइरहेका छन् र शारीरिक र मनोवैज्ञानिक सुरक्षामा खतरा खडा गरिरहेका छन्’, पुसिलिनले भने, ‘यो दबाबको उद्देश्य दोनेत्स्क जनवादी गणतन्त्रका बासिन्दाहरूलाई धम्की दिनु र उनीहरूको मनोबल तोड्नु हो । ’

उनले अगाडि थपे, ‘हामी पक्का छौं कि तिनीहरू सफल हुनेछैनन । किनभने रूसी भावनालाई तोड्न असम्भव छ, तर यस्तो अवस्थामा निष्क्रिय रहन पनि असम्भव छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);