आज रुकुमका दुई मतदान केन्द्रमा पुन: निर्वाचन | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

रुकुम, १५ मंसिर । गत मंसिर १० गते स्थगित रुकुमका दुई मतदान केन्द्रमा आज निर्वाचन हुँदैछ । यी क्षेत्रमा बिहान ७ बजेबाट मतदान शुरु भएको हो। बाँफिकोट गाउँपालिका र आठविसकोट नगरपालिकाका दुई केन्द्रमा मतदान सुरु भएको हो।

मंसिर १० गते मतदानका क्रममा वाँफिकोट गाउँपालिका–५ मा रहेको रत्न निम्न माध्यामिक विद्यालय काँडा ‘क’ केन्द्रमा प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फको मतपेटिकामा एसिड हालेर जलाइएको थियो भने आठविसकोट नगरपालिका ११ गत्तासैनामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्याालय ‘ख’ केन्द्रको समानुपातिक तर्फको मतपेटिकामा पनि एसिड हालेर मतपेटिका जलाईएको थियो।

आज बिहान ७ बजेबाट शुरु भएको निर्वाचन सांझ ५ बजेसम्म चल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);