वाग्मती प्रदेशसभामा काँग्रेका सचेतक लामा र मन्त्री भडेल बाहेक सबै अनुपस्थित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वाग्मती प्रदेशसभामा काँग्रेका सचेतक लामा र मन्त्री भडेल बाहेक सबै अनुपस्थित

हेटौंडा । वाग्मती प्रदेशसभा बैठकमा नेपाली कांग्रस सचेतक छिरिङ दोर्जे लामा र भौतिक पूर्वाधारविकासमन्त्री कृष्णलाल भडेल बाहेक कांग्रेसका सांस तथा मन्त्रीहरु अनुपस्थित भएका छन् । मुख्यमन्त्री परिवर्तन हुनुपर्ने माग गर्दै आएका कांग्रेसले सत्ता सञ्चालनमा भएको सहमति अनुसार मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिनुपर्ने भन्दै प्रदेशसभाको बिहीबार दिउँसो १ बजे बोलाइएको बैठकमा सांसद तथा मन्त्री अनुपस्थित भएका हुन् ।

कांग्रेस सांसद तथा मन्त्रीहरुले मुख्यमन्त्री पाण्डेलाई कार्यकाल आधा–आधा सञ्चालन गर्ने विषयमा भएको सहमति पालना गर्न दबाब दिन सदनमा अनुपस्थित भएको एक नेताले बताए । वागमती प्रदेशमा कांग्रेसबाट २२ जना सांसद रहेका छन् । मुख्यमन्त्री पाण्डे बन्ने बेलामा चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमती भएको थियो कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले भने । उनले सत्तागठबन्धन बलियो बनाउन र आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन पनि लिखितरुपमा भएको सत्ता सञ्चालनसम्बन्धी सहमति इमान्दारीपूर्वक पालना हुनुपर्ने बताए ।

‘संसदीय दलको आधिकारिक निर्णयबाट हामी सदनमा अनुपस्थित भएका होइनौं । कांग्रेस सांसद र मन्त्रीहरू सहमति पालना गर्नुपर्छ भन्ने पक्षमा छौं । त्यसैले सदनमा अनुपस्थित भएका हौं’, उनले भने । प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै कांग्रेस र माओवादीका सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);