नेपाल र नामिबिया भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

नेपाल र नामिबिया भिड्दै

काठमाडौ। आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा आज नेपाल र नामिबिया भिड्दै छन् । नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ।शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नामिबियाले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल एक सय ८० रनमा आलआउट भएको थियो । नामिबियाविरुद्ध नेपालको त्यो पहिलो हार थियो।

दोस्रो खेलमा भने नेपालले बलियो मानेको स्कल्यान्डमाथि पाँच विकेटको जित निकालेको थियो । त्यसैले दोस्रो खेलमा निकोलको जितपछि नेपाल नामिबियाविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रनेछ।

तालिकामा १८ खेल खेलेर १७ अंक जोडेको नेपाल पाँचौं स्थानमा छ । नेपालले लिग २ मा अझै १८ खेल्न बाँकी छ । यसक्रममा नेपालले ८ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र ९ खेलमा पराजय बेहोरेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);