बारा । महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजना बालकलाई पक्राउ गरेको छ । बाराको आदर्श कोतवाल गाउँपालिका-१ स्थित आफ्नै गोठघरमा सुतिरहेकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर छन् । २५ असारमा गोठघरमा एक्लै सुतिरहेकी महिलामाथि दुबैले बलत्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी निगरानी कक्षमा राखिएको बारा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
महिलालाई सामूहिक बलात्कार गरेकाे आराेपमा दुईजना पक्राउ
ताजा समाचार
प्रजातन्त्र दिवस : सम्झना, संघर्ष र समीक्षा
१२ घन्टा अघि
एमालेकाे चुनावी घाेषणापत्र सार्वजनिक
१४ घन्टा अघि




