संसदमा गजेन्द्र महतको प्रश्न- शरणार्थीलाई हात धोएको पानी पनि नदिन हामी कस्ता नेपाली ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

संसदमा गजेन्द्र महतको प्रश्न- शरणार्थीलाई हात धोएको पानी पनि नदिन हामी कस्ता नेपाली ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रहादुर महतले भुटानी शरणार्थीप्रति नेपाल सरकारले बेवास्ता गरेको बताएका छन् । प्रतिनिधिसभा बिहीबारको बैठकमा नागरिक विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सरकारले भुटानी शरणार्थीलाई पानीसमेत नदिएको बताए ।

‘भुटानले लखेट्यो, भारतले लखेट्यो । नेपाली मुलकका भनेर नेपाल आएर बसे । उनीहरुलाई न पानी दियौँ, न घाँस दाउरा दियौँ, न लास गाड्ने ठाउँ दियौँ, न नागरिकता दियौँ, न जागिर दियौँ,’ बैठक महतले भने, ‘तर, अमेरिकाले लग्यो । हामी भन्ने बेला नेपाली मूलकका भन्ने । उनलाई (शरणार्थीलाई) हात धोएको पानी पनि नदिने, हामी कस्ता नेपाली ?’ नागरिकता प्रदानमा फराकिलो मन बनाउनुपर्ने बताउँदै उनले भारतीय यहाँ दुःख गर्न नआउने बताए । ‘भारतको सबै सुखसुविधा छाडेर भारतीयहरु यहाँ नागरिकता लिन आउँछन् ?,’ उनले प्रश्न गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);