तुलालाई आकस्मिक धनलाभ हुने, अन्य राशिको कस्तो छ आज ? | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

तुलालाई आकस्मिक धनलाभ हुने, अन्य राशिको कस्तो छ आज ?

काठमाडौं।२८ असार २०७९, मंगलबार । तद्नुसार जुलाई १२।असार शुक्लपक्ष त्रयोदशी, तैतिल करण, ज्येष्ठा नक्षत्र, ब्रह्मा योग, चन्द्रमा वृश्चिक राशिमा छ ।आज बिहान सूर्योदय ५ः१६ मा भएको छ भने सूर्यास्त ०७ः०३ मा हुनेछ। बिहान ११ः४२ देखि १२ः३७ सम्म अभिजित मुहूर्त छ । यो समयमा शुभकार्य गर्दा राम्रो हुनेछ।आजका देवता ब्रह्मा, ग्रहदेव मंगल हुन् । सनातनीका लागि मंगलबार गणेश र हनुमानको साधना गर्ने दिन हो । मंगलबार कर्जा नलिनु होला। उत्तरदिशा तर्फको यात्रा शुभ मानिँदैन । कुनै शुभ कार्यका लागि मंगलबार राम्रो मानिन्छ।

आजको राशिफल 
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशि भएका जातकका लागि मंगलबार मनमा प्रसन्नता छाउनेछ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने र आर्थिक व्यय हुने देखिन्छ । बजारमा सामान खरिद गर्दा विचार गर्नुहोला । विलासिताका सामान मंगलबार खरिद नगर्दा राम्रो हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आज अध्ययन अध्यापनमा रुचि र मनमा खुसी छाउने छ । आज उत्तर दिशातर्फको यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । यात्रा गर्नुभन्दा पहिले दहीको सेवन गर्नुहोला । कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दान गर्नुभयो भने मनमा प्रसन्नता छाउने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आज परिवार र आफन्तजनमा विवाद हुनसक्छ । मिथुन राशि भएका जातकले आजको दिन मौन बस्नु ठीक होला । मित्रमण्डली र ब्यापार व्यवसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ । मौन रहेर काम गर्दा फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
तपार्इंका लागि आजको दिन अनुकल देखिन्छ । धन प्राप्तिको योग छ । नयाँ बस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । चन्द्रमाको साथ छ । आजको दिन सोचअनुसार काम हुनेछ । बिहान उठेर सूर्यनारायणको दर्शन गर्नुहोला । आज तपार्इंले गरेका कामबाट सफलता मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा बेस हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेको मित्रबाट धोका हुनसक्छ । आफन्तजनसँग भैरभाव हुनसक्छ । त्यसैले आजको दिन मौन रहनु नै शुभ हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ ।  मंगलबार कुनै नयाँ काम शुरुवात र मानसम्मान समेत मिल्नेछ । तपार्इंले गरेको कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन केही कन्यालाई फलफूल उपहार दिनुभयो भने मनमा प्रशन्नता छाउनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
समय अनुकुल देखिएको छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । चन्द्रमाको साथ रहेकाले आजको दिन सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आज बिहान सूर्योदयको दर्शन गरेर काम गर्दा दिन सफल हुनेछ । आर्थिक लाभ र मानसम्मान समेत प्राप्त हुनेछ । आकस्मिक धनलाभ हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यसायबाट लाभ हुने देखिन्छ । घरबाट बाहिर निस्कदा जेष्ठ  र श्रेष्ठ व्यक्तिलाई जानकारी दिएर मात्र काममा निस्कनु भयो भने आजको दिन कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 
आज सफलता मिल्नेछ । सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । कुमारी कन्यालाई भोजन र बस्त्र दिनु उत्तम हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आर्थिक हानी समेत हुनसक्छ । बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग सम्बन्ध विस्तार हुनेछ । आकस्मिक धनलाभ व्यापार व्यवसायबाट नसोचेको फाइदा मिल्नेछ । सामाजिक काममा समय खर्च हुनेछ । सिर्जनात्मक कार्यमा समय दिनुहोला । मीन राशिका जातकले मंगलबारको दिन कुनै नयाँ काम शुरु गर्दा सफलता मिल्नेछ । आजको दिन शैक्षिक कार्यको शुरुवात गर्न सकिन्छ । आजको दिन नियमित कार्यबाट नयाँ कामको शुरुवात नगर्नु उत्तम हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);