७७ अंकले घट्यो सेयर बजार  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

७७ अंकले घट्यो सेयर बजार 

nepse

काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको सेयर बजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से परिसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

उच्च अंकले घटेको सेयर बजारमा आज सर्वाधिक हिमालयन डिस्टिलरीको सेयर खरिद-बिक्री भएको छ । कम्पनीको आज एकैदिन ११ करोड चार लाख रुपैयाँ माथिको कारोबार भएको छ । त्यस्तै, एनआइसी एसिया बैंकको आठ करोड ७१ लाख, अपर तामाकोसीको आठ करोड ४१ लाख, एसियन लाइफको आठ करोड १७ लाख र नेपाल लाइफको सात करोड ५१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);