अधोगतिमा ब्रेक नलाग्ने हो भने नेपाल श्रीलङ्काभन्दा तल जान सक्छ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अधोगतिमा ब्रेक नलाग्ने हो भने नेपाल श्रीलङ्काभन्दा तल जान सक्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिलेकै तरिकाले अधोगतिमा जाने हो भने श्रीलङ्का भन्दा पनि खराब स्थितिमा पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन् । आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै ओलीले सो चिन्ता व्यक्त गरेका हुन् । बजेट निर्माणमा व्यापारी तथा अनधिकृत व्यक्तिलाई घुसपैठ गराइएको घटना निकै गम्भीर भएको ओलीले बताए । यो अर्थमन्त्रीको तहबाट मात्रै सम्भव नभएको भन्दै प्रधानमन्त्रीसम्मको सेटिङ हुन सक्ने उनले संकेत गरे ।

यस्तै सरकारले हतियार खरिद गर्न लागेको भनेर सञ्चारमाध्यममा आएको समाचारप्रति पनि ध्यानाकर्षण व्यक्त गरे । ‘बजेट निर्माण वा अरू प्रकरणमा पृष्ठ भागबाट गरिएको समर्थन र दिइएको टेको त्यति सहज छैन । त्यसको प्रभाव भनेको हामी कम्तीमा पनि श्रीलङ्का सम्म पुग्ने नै लक्षण हो । त्योभन्दा अघि पनि जान सक्छौँ । यस अधोगतिमा ब्रेक नलगाउने हो भने त्योभन्दा उँधो पनि जान सक्छ । अहिले नै सतर्क हुनुपर्ने छ,’ ओलीले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);