शुक्लाफाँटा आरक्ष पिडित र प्रहरी प्रशासन विच झडप | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

शुक्लाफाँटा आरक्ष पिडित र प्रहरी प्रशासन विच झडप

पुष्कर भट्ट
कञ्चनपुर, १२ फागुन ।
कञ्चनपुरको झलारी नगरपालिका ११ कलवापुरमा आरक्ष पिडित र प्रहरी प्रशासन विच झडप हुदा ढुङ्गा लागेर सशस्त्र प्रहरी निरिक्षक पदम भट्ट सहित २ जना सशस्त्र प्रहरी जवान र नेपाल प्रहरीका ४ सहित आन्दोलनकारी तर्फबाट १५ जना घाईते भएका छन्

शुक्लाफाँटा आरक्ष पिडित र प्रहरी प्रशासन विच झडप


पुष्कर भट्ट
कञ्चनपुर, १२ फागुन ।
कञ्चनपुरको झलारी नगरपालिका ११ कलवापुरमा आरक्ष पिडित र प्रहरी प्रशासन विच झडप हुदा ढुङ्गा लागेर सशस्त्र प्रहरी निरिक्षक पदम भट्ट सहित २ जना सशस्त्र प्रहरी जवान र  नेपाल प्रहरीका ४ सहित आन्दोलनकारी तर्फबाट  १५ जना घाईते भएका छन् ।

विगत १ दशक देखि आफुहरुको माग सम्बोधन नभएको भन्दै शुक्लाफाँटा आरक्ष पिडित संघर्ष समिती कञ्चनपुरका आरक्ष पिडितहरुले फागुन २ गते देखि धर्नामा बसेका थिए भने आज झलारी नगरपालिका ११ कल्वापुरमा चक्काजाम गरेका हुन् र चक्काजामको क्रममा दुबै पक्ष विच झडप हुदा दुबै तर्फका २१ जना घाईते भएका छन् ।


मुआब्जा होइन ब्यवस्था गर, हाम्रो जग्गा र्फिता गर भन्ने नाराका साथमा आरक्ष पिडितहरुले राजमार्ग बन्द गरेका छन् ।
आन्दोलनकारी का अनुसार नेपाल सरकारले संकटकालको समयमा आफुहरुको जग्गा कब्जा गरेको र अव चाँडो भन्दा चाँडो आफनो जग्गा फिर्ता गर्नु पर्ने यदि त्यसो नभए आन्दोलन नरोक्ने बताएका छन् ।


१० दिन सम्म राजनितिक दल तथा सरोकारवाला निकायले आफुहरुको माघ सम्बोधन नगरेका कारणले गर्दा आज यो अवस्था आएको आन्दोलनकारीको भनाई रहेको छ । झडपका क्र्ममा भिडलाइ नियन्त्रण गर्न ७ राउड फवाई फायर गरेका छन ।
आरक्ष पिडित ले आफनो माग सम्बोधन नभए भोली देखी अनिश्चितकाल का लागी राजमार्ग ठप्प पार्ने चेतावनी समेत दिएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);