काठमाडौं। बाँके, कपिलवस्तु र नवलपरासी मा डुबेर तीन जनाको मृत्यु भएको छ।
बाँकेको डुडुवा गाउँपालिका–१ सुढईपुरूवा बस्ने १२ वर्षीय सुजित धोबीको आफ्नै घर नजिक रहेको डुडुवा नालामा डुबेर बुधबार साँझ मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभुमि नगरपालिका–९ पाणेडीस्थित गुडुरूवा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ ईमिलिया बस्ने १४ वर्षीय सम्भव जिसिको बुधबार दिउँसो मृत्यु भएको छ । नवलपरासी(पश्चिम)को प्रतापपुर गाउँपालिका–९ माधवपुर बस्ने राज कुमार चमारको १८ महिनाको छोरा बिर्जा चमारको आफ्नै घर नजिक खाडलको पानीमा डुबेर बुधबार दिउँसो डुबेर मृत्यु भएको छ।