फ्रि ट्रान्सफरमा पोग्वा युभेन्ट्स पुगे | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८१, बुधवार

फ्रि ट्रान्सफरमा पोग्वा युभेन्ट्स पुगे

काठमाडौं। मिडफिल्डर पाउल पोग्वा फ्रि ट्रान्सफरमा इटालीयन सिरी ए क्लब युभेन्ट्समा पुनः अनुबन्ध हुने भएका छन्। इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडसँगको सम्झौता सकिएसँगै २९ वर्षीय पोग्वा पुरानो क्लब फर्किएका हुन् ।  फ्रान्स राष्ट्रिय टोलीका मिडफिल्डर समेत रहेका पोग्वाको यसै साताको अन्त्यमा मेडिकल हुने बताइएको छ।

यस अघि सन् २०१६ मा पोग्वा युभेन्ट्सबाट युनाईटेड पुगेका थिए । जुनमा पोग्वा र युनाइटेड नयाँ सम्झौताका लागि सहमत भएका थिएनन् । यससँगै अब, युभेन्ट्सले अमेरिका भ्रमण गर्दा पोग्वामा टिममा सामेल हुने विश्वास गरिएको छ । युभेन्ट्सले २७ जुलाईमा बार्सिलोना र ३० जुलाईमा रियल मड्रिडसँग खेल्नेछ।गत सिजन एसि मिलानले युभेन्ट्ससँग १६ अंकको अग्रता बनाउँदै सिरी ए को उपाधि जितेको थियो । युभेन्ट्स चौथो भएको थियो । यस अघि पोग्वाको महत्वपूर्ण प्रदर्शनमा युभेन्ट्सले सन् २०१२–१३ र २०१५–१६ को सिरी ए उपाधि जितेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);