सुनको भाउ १ हजार ६०० रुपैयाँ घट्यो  | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

सुनको भाउ १ हजार ६०० रुपैयाँ घट्यो 

काठमाडौं। सुनको भाउ एक हजार ६०० रुपैयाँल घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।यता, बुधबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २०५ रुपैयाँ कायम रहेको थियो।

Leave a Reply