हतियार खोलाले बगायो भन्दै उन्मुत्ति पाए जस्तो हुदैन रिजाल | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

हतियार खोलाले बगायो भन्दै उन्मुत्ति पाए जस्तो हुदैन रिजाल

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अर्थमन्त्री जनार्दन शर्माले सीसीटीभी फुटेज डिलिट भयो भन्दैमा उन्मुक्ति पाउन नहुने बताएका छन् । ट्वीटरमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै नेता रिजालले युद्ध सकिएपछि हतियार ‘खोलाले बगायो’ भनेर उन्मुक्ति पाएजस्तै व्यापारीका प्रतिनिधि राखेर करका दर निर्धारण गरेको घटनामा उन्मुक्ति दिन नमिल्ने बताए ।

‘युद्ध सकिएपछि बेचिएका हतियार ’खोलाले बगायो’ भनेर उन्मुक्ति पाए जस्तै अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर करका दर निर्धारण गरेको घटनामा उन्मुक्ति मिल्दैन’, उनले लेखेका छन्, ‘राज्यमाथि नागरिकको विश्वास कायम राख्न र सपथग्रहणको मर्यादा जोगाउन पनि यिनलाई तुरुन्त बर्खास्त गरियोस् ।’

Leave a Reply

ताजा समाचार