बालीमा ज्वालामुखीको खतरा कायमै | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

एजेन्सी, १२ मंसिर। इण्डोनेसियाका सरकारी अधिकारीहरुले ज्वालामुखी विस्फोट हुने खतराका कारण बालीस्थित एकमात्र विमानस्थल दोस्रो दिन पनि बन्द राखेको बीबीसीले जनाएको छ।

नजिकै बस्ने एक लाख मानिसलाई सुरक्षित रुपमा अन्यत्र सर्न सरकारले निर्देशन दिएको छ। यद्यपि पहाडी क्षेत्रका मानिसहरुले सरकारी आग्रहको पहुँच पुग्न नसकेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

माउण्ट आगुङ्गबाट हजारौं मिटरको उचाइमा कालो ग्यास, खरानी र धुवाँ निस्किरहेको छ।

अधिकारीहरुका अनुसार त्यो छिट्टै ठूलो स्तरमा विस्फोट हुन सक्ने संकेत हो। स्थानीय गाउँलेहरुलाई मास्क वितरण गरिएको छ।