पर्यटनमन्त्री आलेको राजीनामा पत्र अध्यक्ष नेपालको गोजीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

पर्यटनमन्त्री आलेको राजीनामा पत्र अध्यक्ष नेपालको गोजीमा

काठमाडौं। नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री पदबाट राजीनामा दिएको पत्र दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएपछि आलेको राजीनामा पत्र अहलिे माधव नेपालको गोजीमा रहेको छ ।

आलेले यस अघि शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो । ‘राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेका छौं,’ उक्त स्रोतले भन्यो, ‘अध्यक्षले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउनुहुन्छ।’

Leave a Reply