हङकङको भ्रमण गर्दै राष्ट्रपति सी | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

हङकङको भ्रमण गर्दै राष्ट्रपति सी

हङकङ।चीनका राष्ट्रपति सी जिनपिङले हङकङको भ्रमण गर्ने भएका छन्। राष्ट्रपति सीको सन् २०२० पछि भूख्य भूमि चीनबाहिर पहिलो भ्रमण हुनेछ । भ्रमणका क्रममा उनले हङकङ चीनलाई हस्तान्तरण गरेको २५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र हङकङको आगामी प्रशासनको उद्धघाटन समारोहमा सहभागी हुनेछन्।

क्यारी लामको स्थानमा जोन ली जुलाई १ मा हङकङको नयाँ नेता बन्दै छन्। नयाँ नेतृत्व हस्तान्तरण कार्यक्रममा चिनियाँ नेताले हङकङको भ्रमण गर्ने एउटा परम्परा नै छ। सन् २०१७ मा क्यारी लामको सपथमा पनि राष्ट्रपति जिनपिङले हङकङको भ्रमण गरेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);