बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा : २०० नेपाली विद्यार्थी समस्यामा | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

काठमाडौँ, १२ मङ्सिर । मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ। यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन्। कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन्।

विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) र बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल ९बिएम एन्ड डिसी०ले २१ वटा र नेपाल मेडिकल कलेजले थप तीनवटा कलेजमा विद्यार्थी भर्ना लिन रोक लगाएको हो।

बंगलादेशमा मेडिकल अध्ययनका लागि प्रत्येक वर्ष चार सयको हारहारीमा जाने गरेका छन्, नयाँ पत्रिकामा खबर छ।