काठमाण्डौँ, ११ मंसिर । सिनेमा ‘सेतो सूर्य’ काठमाण्डौँमा पुनः रिलिज हुने भएको छ । निर्देशक दीपक रौनियारले आगामी एक प्रेस विज्ञप्ती जारी गर्दै आगामी मंसिर २२ गते क्यूएफएक्ससहित सबै मल्टिप्लेक्समा सिनेमा प्रदर्शन हुन लागेको बताएका छन् ।
आगामी अस्कर अवार्डमा विदेशी भाषी विधातर्फ सशक्त प्रतिस्पर्धा गरिरहेको सिनेमा सेतो सूर्यको पुन प्रदर्शनलाई लिएर निर्देशक रौनियार यतिबेला काठमाण्डौँमा छन् ।
यसअघि पनि देशव्यापी रिलिज भएको सेतो सूर्यलाई पुन दर्शकले रुचाउनेमा विस्वस्त रहेको निर्देशकले बताएका छन् । सिनेमामा दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, आशा मगराँती, सुमी मल्ल, अमृत परियारको मुख्य भूमिका रहेको सिनेमा माओवादी छापामार बुवाको निधनमा घरमा फर्कँदा खेप्नुपरेको अवरोधमा आधारित रहेको छ ।