भक्तपुरका नगर प्रमुख प्रजापति बाढी प्रभावित क्षेत्रमा  | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

भक्तपुरका नगर प्रमुख प्रजापति बाढी प्रभावित क्षेत्रमा 

भक्तपुर। केही दिनदेखि परेकाे अविरल वर्षाका कारण नगर क्षेत्रमा परेकाे असर बुझ्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले  प्रभावित क्षेत्रमा पुगेका छन्। भक्तपुर नगरपालिका वडा नम्बर ३ र  ४ का विभिन्न ठाउँमा उनले बुधबार निरीक्षण गरेका हुन्।

अविरल वर्षाका कारण भक्तपुर नपाको हनुमन्त्ते खालामा आएको बाढीले नगरका विभिन्न ठाउँ डुबानमा परेका थिए।सोही अवसरमा उनले भक्तपुर नपा वडा नम्बर ३ स्थित बाराही पुल र पुलसँगै रहेको शारदा स्कुल, भनपा वडा नम्बर ४ राममन्दिरस्थित शान्ति निकेतनमा पसेको बाढीको निरीक्षण गरे । सो अवसरमा स्थानीय जनताले खोला साँघुरो भएको, बाराही पुल नजिकको माटो हटाउनु पर्ने र विद्यार्थी तथा सर्वसाधारण जनताको आवतजावतका लागि अस्थायी बाटो व्यवस्था गर्नुपर्ने लगायत आवश्यकताबारे नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए । उनले जनताले गुनासोमाथि चासो लिँदै सक्दो चाँडो व्यवस्थाको लागि प्राविधिकहरुमार्फत कार्य अघि बढाउने विश्वास दिलाए।

Leave a Reply

ताजा समाचार