अशुद्ध पानी बेच्नेको कारोबार रोकिँदै, चैतबाट जार र बोटलमा अनिवार्य सुरक्षित सिल | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

सरकारले अशुद्ध पानी बेच्ने उद्योगको कारोबार बन्द गर्ने भएको छ । पिउने पानी र उत्पादन गर्ने उद्योगमै गुणस्तरको समस्या फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारोबार बन्द गर्नेसम्मको योजना बनाएको हो।

यसका लागि विभागले ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४’ जारी गरेको छ । उपभोक्ताको स्वास्थ तथा सुविधा कायम राख्न, स्वच्छ र गुणस्तरीय प्रशोधित पिउने पानीको उत्पादन र बिक्री वितरण कार्यलाई सुव्यवस्थित गर्न निर्देशिका जारी गरेको जनाएको छ।

‘अनुगमनका क्रममा पानी उत्पादन गर्ने उद्योगमै समस्या देखिएको छ,’ विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भने, ‘गुणस्तर सुनिश्चित गर्न असल उत्पादन अभ्यास (जीएमपी) मापदण्ड लागू गर्दै छौं । मापदण्ड कार्यान्वयन नगर्ने उद्योगको कारोबार रोक्का हुन्छ।’ विभागका अनुसार मुलुकभर करिब ४ सय पानी उद्योग दर्ता छन् । कतिपय उद्योगहरू र्दाबिनै सञ्चालित छन्।