यस पटक वाम गठबन्धनलाई मौका दिनुहोस्ः अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

काठमाडौँ, १० मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतका दिनहरुमा नेपाली कांग्रेसको नेतृत्वमा सरकारले मुलुकमा निजीकरणका नाममा ३८ उद्योग धराशायी भएका आरोप लगाएका छन्।

राजधानीमा आयोजित एक कायृक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले देशमा उद्योग सकिई रोजगारीको अवसर नहुँदा अहिले ४० लाख युवा विदेशिएर मरुभूमिमा भेडाबाख्रा चराउन बाध्य हुनुपरेको बताए।

अध्यक्ष ओलीले देशमा धेरै पटक बहुमत ल्याएर बिजयी भएको नेपाली कांग्रेसले देशमा शान्ति शुशासन एवम् स्थिरता कायम नसकेको भन्दै वाम गठबन्धनलाई यसपाली मौका दिन समेत आग्रह गरे।