सन्धिखर्कमा रेविजविरुद्धको नि:शुल्क खोप | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

सन्धिखर्कमा रेविजविरुद्धको नि:शुल्क खोप

अर्घाखाँची। सन्धिखर्कमा छाडा छोडिएका कुकुरलाई रेविजविरुद्धको निस्शुल्क खोप लगाइएको छ।  नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ (नेल्टा) अर्घाखाँचीका अध्यक्ष प्रदीप आचार्यसहितको टोलीले सन्धिखर्क बजारका मुख्य स्थानमा कुकुरलाई रेविजविरुद्धको खोप लगाएको हो।

नेल्टाको स्थापना दिवसको अवसरमा खोप लगाइएको उनले बताए।  उनीहररूले  अर्घाखाँची अस्पताल पुगेर बिरामीहरुलाई हर्लिक्स तथा विस्कुट वितरणसमेत गरेका थिए। लायन्स क्लबको सहआयोजनामा नेल्टाले बिरामीका लागि हर्लिक्स वितरणसहित सन्धिखर्क बजारमा कुकुरलाई  खोल लगाएको हो।

Leave a Reply