काठमाडौंको फोहोर : अनावश्यक रूपमा हिँडडुल नगर्ने कूटनीतिक नियोगको सर्कुलर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौंको फोहोर : अनावश्यक रूपमा हिँडडुल नगर्ने कूटनीतिक नियोगको सर्कुलर

काठमाडौं । काठमाडौंमा रहेका कूटनीति नियोगले काठमाडौंका सहरमा थुप्रिएका फोहोरबाट संक्रमणको जोखिम देखिएको भन्दै अनावश्यक हिँडडुल नगर्ने आन्तरिक सर्कुलर जारी गरेको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंका सहरमा थुप्रिएका फोहोरबाट सम्भावित संक्रमणको जोखिमबाट जोगिन अनावश्यक हिँडडुल नगर्न आन्तरिक सर्कुलर जारी गरेको जानकारी दिए ।  यसले नेपालको छविमा आँच आएको र फोहोर व्यवस्थापन गर्न सरकार मौन बसेको भन्दै उनले अब काठमाडौंवासी चुप लागेर नबस्ने चेतावनी दिए । निर्वाचनको अवधिभर धर्य गरेका काठमाडौंवासी सहर नै दुर्गन्ध हुने गरी फोहोर थुप्रिँदासमेत सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);