हामी संसदमा छौं तर संसदवादी होइनौं : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

हामी संसदमा छौं तर संसदवादी होइनौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्र संसदमा भए पनि संसदवादी नभएको बताएका छन् । नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन केन्द्रीय कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले आफूहरुलाई संसदवादी नभन्ने र नमान्ने तर बहुदलीय प्रस्पिर्धालाई स्वीकार गर्ने बताएका छन् । बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरे पनि संसदवादलाई स्वीकार नगरेको उनले बताए । पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन यो ‘स्टेप’बाट जानुपर्ने भएकाले यतातिर लागेको उनको भनाइ छ । यो प्रक्रियालाई सदुपयोग गरेर अघि बढ्नमा मात्रै खोजेको हो । तर, यसबीचमा हामीमा देखिएको कार्यशैली र आचरण हाम्रो उदेश्यसँग मिलेको छैन । उनले भने, ‘यही विन्दुबाट हामी सुध्रिनु पर्छ ।’

उनले पछिल्लो पाँच वर्षमा पार्टीको भूमिका असाध्यै कमजोर भएको पनि बताए । पार्टीको राजनीतिक वैचारिक उदेश्य के हो ? हाम्रो पार्टीको पहिचान के हो भनेर जनप्रतिनिधिलाई बुझाउन अभिमुखिकरण आयोजना गरेको बताए । कार्यक्रममा उनले पार्टीमा क्रमशः पहिचानको संकट समेत आएको समेत बताए । उनले भने, ‘हाम्रो दस्तावेजमा हामी क्रान्तिकारी हाँै भनेर त छ तर व्यवहारमा अरु पार्टी र हामीबीच पहिचान नै मेटिने अवस्था छ । कतिपय अवस्थमा माओवादी पार्टी अझै खराब छन्की भनेर जनतालाई परेको छ । तर, त्यस्तो होइनौँ । हामी विचारका हिसाबले उन्नत विचारको पक्षपोषण गर्छाैं । वैज्ञानिक समाजवाद र समाजवादी क्रान्तिका कुरा गरेका छौँ ।’
उनले नेकपमा माओवादी केन्द्रले उन्नत र सुसँस्कृत मानिसहरु उत्पदान गर्ने कुरामा जोड दिने गरेको बताए । पार्टी उत्पादन, उत्पादकत्व, श्रम र साँस्कृतिक रुपान्तरणको एकीकृत अभियान चलाएर समाजवादका भ्रुणहरू गाउँगाउँबाट, टोलटोलमा बनाउनुपर्छ भनेर लागेका बताए । उनले भने, ‘तर, जनताले हामीलाई युद्धकालमा जसरी लिन छाडेका छन् । पहिला हामी जनतासँगै थियौँ उनीहरूले गर्वका साथ हाम्रो रक्षक भनेर पत्याउथेँ । अहिले हामी जनयुद्धमा पनि छैनौं, शन्तिपूर्ण बाटोबाट समाजवाद ल्याउने बाटोमा छौं । अब जनताले हामीलाई चिन्ने भनेको जनप्रतिनिधिको कामले मात्रै हो । जनताले तपाईहरूलाई नै माओवादीका रुपमा हेर्ने गर्छन् । अरु ठूला नेतालाई पनि जनताले हेर्दैनन् । आफ्नो आचरण व्यवहारबाट जनतालाई खुसी पार्नुहोस् ।’

कार्यक्रममा माओवादीबाट देशभरमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखको सहभागीता थियो । माओवादी केन्द्रले देशभरबाट एक सय २१ प्रमुख र एक सय २८ उप्रमुखमा जितेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);