म्याग्दी । म्याग्दीका ३८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–९ घतान बस्ने ६२ वर्षीय भक्ते दमाईलाई आइतबार पक्राउ गरेको छ । दमाईले ती महिलालाई खेतमा काम गरी फर्कने क्रममा आफ्नै घरमा लगि शनिबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले प्रहरी चौकी पारिबेनी पर्वतको सहयोगमा पर्वत जलजला गाउँपालिका–४ कजनिया भन्ने स्थानबाट उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
म्याग्दीमा ३८ वर्षीया महिला बलात्कृत
ताजा समाचार
रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
११ घन्टा अघि
सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो
१६ घन्टा अघि