सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजय भएको छ । अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएका हुन् । यादवले ४ हजार २ सय ६९ मत प्राप्त गरी निर्वाचित हुँदा जनता समाजवादी पार्टी (जसपा) का हरेराम यादवले ३ हजार ८ सय ३५ मत प्राप्त गरे । हरेराम निवर्तमान अध्यक्ष समेत हुन् । उपाध्यक्षमा निर्वाचित लोसपाकी श्रेष्ठले ३ हजार ७ सय १० मत प्राप्त गर्दा जनता समाजवादी पार्टी (जसपा) की बेचनीदेवी सरदारले ३ हजार ६ सय ५४ मत प्राप्त गरिन् । सरदार निवर्तमान उपाध्यक्ष समेत हुन् ।
रुपनी गाउँपालिकामा लोसपा विजयी
ताजा समाचार
जेरुसेलममा गोली चल्दा ५ जनाको मृत्यु
९ घन्टा अघि
अस्ट्रेलियाको मुद्रास्फीति ४.९ प्रतिशतमा झर्यो
९ घन्टा अघि