जुम्लाका नवनिर्वाचित ८ वटै स्थानीय तहका प्रमुखले लिए शपथ  | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जुम्लाका नवनिर्वाचित ८ वटै स्थानीय तहका प्रमुखले लिए शपथ 

जुम्ला । जुम्लाको एक नगरपालिका र सातवटा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले शुक्रबार चन्दनाथ नगरपालिकामा  मेयर राजु सिहं कठायत, कनकासुन्दरीमा प्रमुख दामोदर आचार्य,  सिजागाउँपालिका पूर्णप्रसाद धिताल, हिमा गाउँपालिका प्रमुख लक्ष्मण शाही , तिला गाउँपालिका प्रमुख मोतिलाल रोकाया, तातोपानी गाउँपालिका प्रमुख नन्दप्रसाद चौलागाई,  गुठीचौरगाउँपालिका अध्यक्ष दानबहादुर बुढा र पातारासी गाउँपालिका प्रमुख पूर्णसिंह बोहराले शपथ ग्रहण गराएका हुन् । पालिकाका प्रमुखले  उपाध्यक्ष ,वडाध्यक्ष , वडा सदस्यलाई शपथ ग्रहण गराउने स‌ंवैधानिक व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);